May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

नेकपा एमाले प्रदेश अधिवेशन स¥यो

नेकपा (एमाले)को प्रदेश अधिवेशन सरेको छ ।

कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमका कारण आगामी माघ ८ गते तोकिएको प्रदेश अधिवेशन माघ २८ र २९ गते सरेको एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।

एमालेले यही पुस २३ गते ६१ जिल्लाको अधिवेशन सम्पन्न गरेको छ भने १६ जिल्लाको अधिवेशन बाँकी छ । कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिम र सोही कारण सरकारले आजदेखि २५ जनाभन्दा बढी मानिस जम्मा गरेर कुनै पनि सभा, सम्मेलन, गोष्ठी नगर्न गरेको आग्रहलाई ध्यानमा राखेर अधिवेशन सारिएको एमालेले जनाएको छ ।

Advertisement