May 7, 2024, Tuesday
२५ बैशाख २०८१, मंगलवार

माओवादी केन्द्रको नेतृत्व चयनका लागि प्रदेश १ मा पनि चुनाव हुने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) प्रदेश १ मा पनि चुनाव हुने भएको छ । नेतृत्व चयनका लागि सहमति नजुटेपछि बुधबार निर्वाचन गर्ने तयारी गरिएको छ ।

Advertisement

पदाधिकारीका आकांक्षी धेरै भएपछि सहमतिका लागि कार्यदल गठन भएको थियो । कार्यदलमा सहमति नजुटेपछि पदाधिकारीका लागि बुधबारै निर्वाचन गर्न लागिएको हो ।

माओवादी केन्द्र प्रदेश कमिटीको बैठक बुधबार (आजै) बस्दैछ । बैठकपछि नौं पदाधिकारीका लागि निर्वाचन गरिने नेताहरूले बताएका छन् ।

गएको मंसिर २५–२६ को प्रथम प्रदेश अधिवेशनमा पदाधिकारीको टुङ्गो नलागेपछि २७१ सदस्यीय प्रदेश कमिटी घोषणा गरिएको थियो । कमिटीका सदस्यहरुले नौं जना पदाधिकारीका लागि मतदान गर्नेछन् ।

९ पदाधिकारीका लागि तीन दर्जन आकांक्षी छन् । निर्वाचनको तयारीका लागि नेताहरूको बैठक बसिरहेको प्रदेश १ सचिवका उम्मेदवार गणेश उप्रेतीले बताए ।

पदाधिकारी टुङ्गो लगाउन गठन भएको कार्यदल, प्रदेश १ का केन्द्रीय सदस्य र नेतृत्वका आकांक्षीबीच मंगलबार छलफल भएको थियो । छलफलमा ४० जना पदाधिकारीका आकांक्षी सहभागी थिए ।

पार्टीको प्रदेश १ अध्यक्षमा हर्कबहादुर लावती, शिवकुमार डाँगी र मोक्साहाङ मेन्याङ्बो, ध्रुव बुढाथोकी, देवान चाम्लिङ, मोहनकुमार खत्रीलगायत दाबेदार छन् ।