May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

एमाले परित्याग गर्दै दर्जनौँ कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

नेकपा एमाले परित्याग गर्दै दर्जनौँ कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

नेकपा माओवादी केन्द्र खानीखोला गाउँ कमिटिको विस्तारित बैठकको अवसरमा एमालेका दर्जनौँ कार्यकर्ता माओवादी प्रवेश गरेका हुन् । उनिहरु लाई माओवादी केन्द्र बागमती प्रदेशका सदस्य इन्द्रबहादुर थिङ ‘छिन्ताङ’ ले स्वागत गरेका हुन।

एमालेबाट माओवादी प्रवेश गर्नेमा मिन बहादुर रुमबा, कर्ण बहादुर स्याङतान, निरोज जिम्बा, नरमान गोले, सोममाया गोले, कुल बहादुर रुम्बा, सोम बहादुर रुम्बा, भिम बहादुर पाख्रिन लगायत छन् । खानीखोलाको बृहत्तर विकास र उन्नतीका लागि आफूहरुले माओवादी रोजेको प्रवेश गरेकाहरुको भनाई थियो ।

Advertisement