May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

प्रदेश २ का चारजना माओवादी सांसद एमालेमा, पदमुक्त गर्दै माओवादी

जनकपुर । नेकपा विभाजनको बेला केपी ओलीलाई साथ दिएका माओवादीका संसदीय दलका नेता सहित् चारजना प्रदेशसभा सदस्य एमालेमै रहने भएका छन् । माओवादीले चारैजनालाई कारवाही प्रक्रिया अघि बढाएको छ ।

Advertisement

एमालेमा लाग्ने चारमध्ये तीनजना प्रत्यक्ष निर्वाचित हुन । रामचन्द्र मण्डल धनुषा १ को ख बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । बारा क्षेत्र नम्बर ३ को क बाट निर्वाचित ज्वालाकुमारी साह र रौतहट ३ को ख बाट निर्वाचित कुन्दनप्रसाद कुशवाह पनि एमाले भएका छन् ।

बाराबाट समानुपातिकतर्फ निर्वाचित मोहम्मद समिर पनि एमाले बनेका छन् । उनीहरु चारैजनालाई २४ घण्टे स्पष्टिकरण सोधिएको माओवादी संसदीय दलका प्रमुख सचेतक दिलिप साहले बताए । दलका नेता मण्डलसहित चारैजनालाई माओवादी अध्यक्ष प्रचण्डले नै हस्ताक्षर गरेर स्पष्टिकरण सोधिएको छ ।

चैत २७ गतै नै सोधिएको स्पष्टिकरणको जवाफ उनीहरुले दिएका छैनन् । अन्य पार्टीमा गतिविधि गरिरहेकाले उनीहरुलाई पदमुक्त गरिने माओवादी केन्द्रले जनाएको छ ।सोमवार प्रदेश २ को प्रदेशसभा बैठक पनि बस्दैछ । प्रदेशसभा बैठक अघि नै चारै साँसदलाई पदमुक्त गरिने एक नेताले जानकारी दिए ।