May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

माओवादी कमजोर भए देश दुर्घटनामा पर्छ : अध्यक्ष प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी कमजोर भए देश दुर्घटनामा पर्ने बताएका छन् ।

Advertisement

नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै दाहालले संसद विघ’टन गरेर संविधान खारेज गर्ने ठूलो डिजाइन परास्त गरिएको भन्दै अहिले फेरि माओवादी कमजोर पार्ने षडय’न्त्र भइरहेको बताए । गरिब र मजदुरका निम्ति ल’डिरहेको प्रवृत्तिलाई अर्को प्रतिक्रान्तिकारी र प्रतिगामी प्रवृत्तिले सिध्याउन खोजिरहेको उनको भनाइ थियो ।

‘हामी एक नम्बर हुनुपर्छ । हुन्छौं । विरासत र एजेण्डाले हामी हुनुपर्छ । व्यक्तिगत स्वार्थका निम्ति होइन राष्ट्रका निम्ति हो भन्ने हामील देखाएका छौं,’ उनले भने, ‘अहिले लडा’इँ ठूलो हुनेवाला छ । कम्युनिस्ट आन्दोलनभित्र संशोधनवाद, विसर्जनवादी प्रतिक्रान्तिकारी र प्रतिगमनकारीहरुले माओवादीलाई परास्त नगरि हुँदैन भन्ने छ । एमालेको कुम्भ मेला माओवादी र माओवादी नेतृत्व सिध्याउन हो ।’

दाहालले माओवादी मार्क्सवाद र विज्ञानको पक्षमा उभिनुपर्ने बताए । ‘यो पक्षमा उभिएर देश बचाउने, यसमा नउभिए देश दुर्घ’टनामा पार्ने हो । यो कालखण्डमा माओवादी जागरुक र एकताबद्ध भएर अघि बढ्दा देश बच्ने हो । नत्र देश दुर्घट’नामा पर्छ । संविधान र संघीयता खा’रेज हुन्छ । देश सामन्तवाद र अराजकतातिर जान्छ,’ उनले भने ।

अध्यक्ष दाहालले नेकपा क्रान्तकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणको पनि आलो’चना गरे । वैद्यले परिवर्तन भएर आए देशको स्वानिधता जोगाउन राजा ज्ञानेन्द्रसँग सहकार्य गर्न सकिने अभिव्यक्ति दिएपछि प्रचण्डले यो चानचुने कुरा नभएको टिप्पणी गरे ।

‘कोही हाम्रै साथीहरु समान्तवाद र साम्राज्यवाद आए हुन्थ्यो भन्दैछन् । यो सानो कुरा होइन । ठूलो कुरा छ । त्यसकारण देशलाई बचाउन र नयाँ चरणमा लैजान माओवादी बलियो हुनै पर्ने छ,’ उनले भने, ‘हामीहरु सचेत नहुने हो भने देशमा दुर्घ’टना हुने सम्भावना छ । हामी ल’ड्ने हो भने जित्ने निश्चित छ ।’

प्रचण्डले माओवादीका पक्षमा देशैभर जागरुकता र सल्बलाहट आइरहेको बताए । ‘हिजो माओवादी के हो के हो भन्नेहरु पनि फर्केर आउँदैछन् । केपी ओली गएर के भो अरु कम्युनिस्टहरु एकताका लागि सम्पर्कमा छन् । गैरकम्युनिस्टसँग पनि एकता हुन्छ,’ उनले भने ।