May 14, 2024, Tuesday
१ जेष्ठ २०८१, मंगलवार

माधव नेपालसहित २० जनालाई, अन्तिम चेतावनीसहित २ दिने स्पष्टीकरण माग

काठमाडौ । नेकपा एमालेले माधव नेपाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र कर्णालीमा पाँच सांसदलाई अन्तिम चेतावनीसहितको स्पष्टीकरण सोध्ने भएको छ।

सोमवार बसेको केन्द्रीय कमिटी बैठकले प्रकाश ज्वालासहितका सांसद र ‘फ्लोर क्रस’ गर्न लगाउने थप २० जनालाई २ दिनको समयसीमासहित अन्तिम स्पष्टीकरण सोध्ने निर्णय गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

अन्तिम चेतावनीपूर्वक स्पष्टीकरण सोधिनेहरूमा भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे साथै प्रकाश ज्वालासहित ५ जना लगायत छन् ।उनीहरूले चित्तबुझ्दो स्पष्टीकरण नदिएमा १० गतेको बैठकले कारबाही गर्ने बताइएको छ। कानूनबमोजिम मनासिव माफिकको सफाइ पेस गर्ने मौका दिइएको हो।त्यसपछि माधव नेपालसहितका नेताहरूमाथि थप कडा कारवाही हुने अध्यक्ष ओलीले बताएका छन् ।

Advertisement