May 3, 2024, Friday
२१ बैशाख २०८१, शुक्रबार

सभामुखले अराजक, अनैतिक र असंवैधानिक काम गरिरहेका छन- प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटाको भूमिका अराजक र अनैतिक खाले भएको भन्दै प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने गर्ने दलहरुको साथ खोजेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बोलाइएको सर्वदलीय बैठकमा ओलीले सभामुखको अराजकताले सरकारले कामै गर्न नसकेको बताए ।

Advertisement

बैठकमा सहभागी राप्रपा अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्रीले सभामुखको भूमिकाप्रति अशन्तुष्टि व्यक्त गरेको बताए । उनले भने ‘सभामुख अराजक बन्नुभयो, उहाँले संसदलाई बन्धक बनाएर सरकारलाई कामै गर्न दिनुभएन भन्ने प्रधानमन्त्रीको भनाइ रह्यो’, डा लोहनीले प्रधानमन्त्रीको भनाइ उदृत गर्दै भने,‘ यसको निकाश कसरी खोज्ने भनेर दलहरुसँग राय माग्नुभयो । सर्वदलीय बैठकमा उहाँले सभामुखप्रति आक्रोश पोख्नुभयो । ’

साथै ओलीले वर्तमान राजनीतिक संकटलाई निकाय दिनु आवश्यक रहेको भन्दै सबै राजनीतिक दलहरु गम्भीर बन्नुपर्ने धारणा राखेका छन् । उनले राजनीतिक संकटका कारण कोरोना नियन्त्रण लगायतका काममा बाधा परिरहेको समेत बताए ।

बैठकको सुरुमै बोल्दै ओलीले लामो समयदेखि सबै दलसँग भेटघाट तथा छलफल नभएको भन्दै सामाजिक तथा राजनीतिक विषयमा राय–सुझाव लिन बैठक आवश्यक रहेकाले बोलाएको भन्दै कोरोनाको दोस्रो लहरबाट कसरी जोगिने भन्नेबारे पनि सुझावको अपेक्षा रहेको बताए ।