May 8, 2024, Wednesday
२६ बैशाख २०८१, बुधबार

नयाँ सरकार गठनमा माधव नेपाल समूहको पनि सहयोग रहने- प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकार गठनमा माधव नेपाल समूहको पनि सहयोग रहने बताएका छन् । आज चितवनमा पत्रकारसँग कुरा गर्दै उनले भने, ‘संविधान र लोकतन्त्र विरोधी केपी ओलीविरुद्ध नेपाली काँग्रेस, नेकपा हामी सबै माधव नेपालसहित, जनता समाजवादी पार्टी पनि संविधान र राष्ट्र र जनताको पक्षमा छौँ।

हामी सबै नयाँ सरकारको पक्षमा छौं ।’प्रचण्डले भने, ‘नेतृत्व कसको भन्ने कुरा सल्लाह हुँदै छ। सहमतिले जसको नेतृत्व हुन्छ त्यही मान्छौँ।’ तर अध्यक्ष प्रचण्डले आफूहरुले सरकारको नेतृत्व दावी नगरेको बताए । यस्तै प्रचण्डले केही दिनमै ओलीलाई प्रधानमन्त्रीबाट हटाउने बताए ।

उनले भने दुनियाँको कोही मान्छे बसिराख्दैन यसरी लाज, घिन पचाएर । तर विडम्बना भन्नुपर्छ, अहिलेसम्म नकच्चरो भएर केपी प्रधानमन्त्री पदमा बसिरहेका छन् । तीनपटक त हामीले हटायौं । अब चौथोपटक केही दिनभित्रै हटाउँछौं । हेरौं चौंथोपटक के हुन्छ ?’सहमति भयो भने कांग्रेसको नेतृत्वमा सरकार बन्न सक्ने उनले बताए ।

Advertisement