May 13, 2024, Monday
३१ बैशाख २०८१, सोमबार

माधवसमुहको स्थायी कमिटी बैठक शुरू

काठमाडौं । माधवकुमार नेपाल समुहको स्थायी कमिटी सदस्यहरूको बैठक शुरू भएको छ । बैठक कलंकीस्थित मेघा पार्टी प्यालेसमा सुरु भएको हो ।

सोमबार साँझ प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेका थिए। ओलीले एमालेको नाममा गुटगत भेला गरेको र साथै पार्टी हितविपरीत कारबाही गरेको भन्दै माधव नेपाल र भीम रावललाई साधारण सदस्यबाट निलम्बन गरेपछि माधव पक्षधरले बैठक बोलाएको हो ।

नेताहरूमाथिको कारबाहीपछि पछिल्लो परिस्थितिका विषयमा छलफल गर्न बोलाइएको नेपाल पक्षको बैठकले भावी रणनीतिबारे छलफल गर्ने बताइएको छ । ओलीको उक्त कदमको विरोध गर्दै नेपालले आफूले ओलीको डटेर सामना गर्ने बताएका थिए। ओलीले आफ्ना समूहका नेताहरूलाई कारबाही गर्न थालेपछि खनाल-नेपाल समूहले जिल्लाहरूमा समानान्तर समिति बनाउने रणनीति बनाएको छ।

Advertisement