May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

पुनरावलोकनको निवेदन बोकेर प्रचण्ड सर्वोच्चमा

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकनको निवेदन दिन उनी अदालत पुगेका छन । उनी मंगलबार बिहान ११ बजे बर्षमान पुन, हरिबोल गजुरेल, गिरीराजमणि पोखरेल, जनार्धन शर्मा सहित सर्वोच्च अदालत पुगेका हुन्।

सर्वोच्चले नेकपा विवादमा निवेदकको माग दावीभन्दा बाहिर गरेर फैसला गरेको भन्दै नेकपा माओवादी केन्द्रले पुनरावलोकनको मागसहित निवेदन दर्ता गर्ने भएको हो ।यसअघि गत फागुन २३ गते नेकपा नामको पार्टी कसको नाममा हुने भन्ने मुद्दाको फैसला गर्दै सर्वोच्चले २०७५ जेठ ३ गते भएको एमाले र माओवादी केन्द्रको एकतालाई खारेज गरिदिएको थियो।नेकपा कट्टेलको हुने ठहर गर्दै ओली र प्रचण्डलाई १५ दिनभित्र अर्को नाम लिएर निर्वाचन आयोगमा जान वा आ-आफ्नै पार्टी एमाले र माओवादीमा फर्किन भनेको थियो ।

Advertisement