May 14, 2024, Tuesday
१ जेष्ठ २०८१, मंगलवार

प्रचण्ड-माधव बिच लगातार दोस्रो दिन पनि छलफल

काठमाडौं । नेकपा एमाले विभाजनको नजिक पुगेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपाल बिच लगातार दोस्रो दिन पनि छलफल चलेको छ।

हिजो कोटेश्वरस्थित व्यवसायी चन्द्रलाल श्रेष्ठको घरमा प्रचण्ड, माधव नेपाल र नारायणकाजी श्रेष्ठसहितको बैठक बसेको थियो भने आज कोटेश्वरस्थित व्यापारी टपेन्द्र तिमल्सिनाको घरमा बिहान दुई घण्टाभन्दा बढी प्रचण्ड र माधव नेपालबीच छलफल भएको स्रोतले बतायो ।

प्रचण्ड र नेपालबीच के विषयमा कुराकानी भयो भन्ने खुलाइएको छैन ।एमाले विभाजनको नजिक पुगेका बेला भएको भेटलाई महत्वका साथ हेरियको छ ।

Advertisement