April 29, 2024, Monday
१७ बैशाख २०८१, सोमबार

नेकपा प्रचण्ड-माधव समूहको स्थायी कमिटि बैठकले संसदीय दलको नेताबाट ओलीलाई हटायो

काठमाडौँ – नेकपा प्रचण्ड–माधव समूहको स्थायी कमिटि बैठकले संसदीय दलको नेताबाट केपी शर्मा ओलीलाई हटाउने निर्णय गरेको छ।

Advertisement

पेरिसडाँडामा बसेको बैठकले ओलीलाई संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको प्रस्ताव केन्द्रीय समिति बैठकमा लैजाने लागेको हो । पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको हो ।

स्थायी समिति सकिएलगत्तै सो पार्टीको केन्द्रीय समिति बैठक सुरु भएको छ ।पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड-नेपाल समूहले संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चयन गर्ने निर्णय गरेको थियो।

तर, पुस ५ यता भएका पार्टीका निर्णयहरूलाई निर्वाचन आयोगले मान्यता नदिएपछि प्रचण्ड–नेपाल समूहको संसदीय दलको नेताबाट ओलीलाई हटाउने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा लग्ने निर्णय गरेको हो।२३ गते संसद बैठकसमेत आह्वान भैसकेकोले अब संसदमा कसरी अघि बढ्ने भन्ने विषयमा प्रचण्ड-माधव समूहले केन्द्रीय कमिटीबाट रणनीति तय गर्ने सम्भावना छ ।