April 29, 2024, Monday
१७ बैशाख २०८१, सोमबार

प्रचण्ड-नेपाल पक्ष र जसपाका नेताहरुबीच सत्ता साझेदारीबारे छलफल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्ष र जनता समाजवादी पार्टी (जसपा) का नेताहरुबीच छलफल भएको छ ।प्रतिनिधिसभा पुनःस्थापनासँगै अब बन्ने नयाँ सरकारका लागि सत्ता साझेदारीबारे छलफल भएको जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले जानकारी दिनुभयो ।

हिजो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेको नेकपाको प्रचण्ड–नेपाल पक्षले आज जसपाका नेताहरुसँग छलफल गरेको हो । प्रचण्ड–नेपालका नेताहरुसँग भेट्न जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता महतो, नेता राजेन्द्र श्रेष्ठलगायत नेताहरु पेरिसडाँडा पुग्नुभएको थियो ।

प्रतिनिधिसभामा दुईजना निलम्बितबाहेक जसपाका ३२ जना सांसद रहेका छन् । छलफलका क्रममा संविधानमा पहिलेदेखि आफूहरुले नै राख्दै आएका असन्तुष्टिका मुद्दाहरुबारे पनि छलफल भएको वरिष्ठ नेता महतोले बताउनुभयो ।

Advertisement