May 16, 2024, Thursday
३ जेष्ठ २०८१, बिहीबार

ओली टुक्रेर नेकपाबाट बाहिरिए पछी कम्युनिस्ट आन्दोलनको घाँडो समाप्त – माधवकुमार नेपाल

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले आफ्ना केन्द्रीय सदस्यलाई जुनसुकै बेला जस्तोसुकै निर्णय लिनुपर्ने भन्दै तयारी अवस्थामा रहन निर्देशन दिएको छ । शुक्रबार पेरिसडाँडामा बसेको केन्द्रीय समितिको बैठकले अब आउने जस्तोसुकै परिस्थितिको पनि सामना गर्न पार्टी तयार हुने निष्कर्ष निकालेको हो।

बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले समसामयिक राजनीतिक अवस्थाबारे जानकारी गराएका थिए । संसद् विघटन विरुद्ध उक्त पार्टीले गरिरहेको आन्दोलन र त्यसको परिणामबारे जनसंघर्ष समितिका संयोजक एवम् पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी गराएका थिए ।बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओली अहिले पनि साम, दाम दण्ड भेद सवै प्रयोग गरेर जनता र नेकपा नेता कार्यकर्तामाथि भ्रम छर्न तल्लिन रहेको बताएका हुन् ।‘ओलीले अझै विभिन्न किसिमका भ्रमहरु छरिरहेका छन् ।

पूर्व एमालेहरु मिल्नुपर्छ । यति मानिस यता आए भनेर व्यापक भ्रम फिजाइरहेका छन् । त्यो भ्रममा नपर्न म सबै केन्द्रीय सदस्यहरुलाई आग्रह गर्छु’, नेपालले बैठकमा भने, ‘यो विचारको लडाई हो ।’उनले केपी ओली टुक्रेर नेकपाबाट बाहिरिएको भन्दै उनी ओली गएपछि कम्युनिस्ट आन्दोलनको घाँडो समाप्त भएको बताए । ‘घाँडो पन्छिएपछि सबै नेता कार्यकर्ताले खुसी प्रकट गरेका छन्’, नेपालको भनाइ छ ।हिजो मात्रै केन्द्रीय सदस्यहरुलाई यो समूहले नागरिकता सहित पेरिसडाडाँमा बोलाएको थियो । बैठकमा उपस्थित केन्द्रीय सदस्यहरुले नागरिकताको प्रतिलिपी बुझाउँदै हस्ताक्षर गरेका छन् ।

Advertisement