May 2, 2024, Thursday
२० बैशाख २०८१, बिहीबार

प्रचण्ड–नेपाल समूहद्वारा तेस्रो चरणको आन्दोलन घोषणा (विज्ञप्तिसहित)

काठमाडौं। नेकपाको प्रचण्ड-नेपाल पक्षले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ। प्रतिनिधिसभा विघटन विरुद्ध आन्दोलनमा उत्रिएको नेकपा प्रचण्ड–माधव नेपाल समूहले तेस्रो चरणको कार्यक्रमको घोषणा गरेको हो।

Advertisement

पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर तेस्रो चरणको थप आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।जसअनुसार २०७७ फागुन ५ गते देखि १२ गते सम्म सम्बन्धित प्रदेश कमिटीको योजनामा जिल्लाहरूमा जिल्ला स्तरीयविरोध प्रदर्शन, सभा लगायतको विरोध कार्यक्रम गर्ने भएको छ । त्यस्तै २०७७ फागुन ६ गते प्रतिगमन, महङ्गी र भ्रष्टाचारको विरोधमा टुँडिखेल वरिपरि मानव साङ्लो विरोध कार्यक्रम सम्पन्न गर्ने भएको छ ।

काठमाडौंबाहिर प्रदेश १ को विराटनगर, बुटवल, सुर्खेत र धनगढीमा पनि प्रदर्शन र विरोध भएको थियो। यी कार्यक्रममा पार्टीका नेतृत्वले सम्बोधन गरेको नेकपाको उक्त समूहले जनाएको छ।यसअघि गरिएका आन्दोलन सफलतापूर्वक समापन भएको पनि नेकपाको उक्त समूहले जनाएको छ।

आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले आन्दोलनका कार्यक्रम घोषणा गर्दै आफूहरुले पार्टीको आधिकारिकता पाउनका लागि आन्दोलन नगरिएको जिकिर गरे।