May 16, 2024, Thursday
३ जेष्ठ २०८१, बिहीबार

प्रचण्ड–माधव पक्षले तेस्रो चरणका आन्दोलन घोषणा गर्दै

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षले आइतबार तेस्रो चरणका आन्दोलन घोषणा गर्ने भएको छ ।
दिउँसो २ बजे पत्रकार सम्मेलन गरी आन्दोलनका थप कार्यक्रम घोषणा गरिने बतायिएको हो। पत्रकार सम्मेलनअघि आजै केन्द्रीय कार्यालय पेरिसडाँडामा संघर्ष समितिको सचिवालय बैठक बस्दैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपाको प्रचण्ड–माधव पक्षसहित अधिकांश राजनीतिक पार्टीहरु चरणबद्ध आन्दोलन गरिरहेका छन् । उक्त कदम असंवैधानिक भएको नेकपा प्रचण्ड-नेपाल पक्षले बताउँदै आएको छ।

Advertisement