May 16, 2024, Thursday
३ जेष्ठ २०८१, बिहीबार

ओलीको ठाडो आदेशमा रामकुमारी झाँक्री लाई पक्राउ गरियो- प्रचण्ड

काठमाडौ। नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीको ठाडो आदेशमा रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको बताएका छन ।

Advertisement

पेरिसडाँडामा आज आयोजित एक कार्यक्रममा प्रचण्डले रामकुमारीको पक्राउ लोकतन्त्रमाथिको हमला भएको बताय । ‘रामकुमारीले लोकतन्त्र प्रति प्रखर रुपमा बोल्नुभयो भनेर पक्राउ गरियो । यो लोकतन्त्र माथिको आक्रमण हो’, प्रचण्डले भने ।

आफूहरुले रामकुमारीलाई पक्राउ नगर्न आग्रह गर्दा पनि ठाडो आदेशमा पक्राउ गरिएको प्रचण्डले बताय । यसबारेमा आफूले निर्णय गर्ने पनि उनले जानकारी दिए ।राज्यविरुद्धको कसुर गरेको आरोपमा प्रहरीले झाँक्रीलाई घरबाटै पक्राउ गरेको छ ।

नेपाल समूहका नेता जनार्दन शर्मा प्रभाकरले नेतृ रामकुमारी झाँक्री पक्राउको सामाजिक सञ्जालमार्फत विरोध गरेका छन् । उनले झाँक्रीलाई पक्राउ गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई मुठभेडमा लगी आफ्नो निहीत स्वार्थ पूरा गर्ने षड्यन्त्र रचेको आरोप लगाएका छन् ।


‘रामकुमारी झाँक्रीलाई पक्राउ गर्ने कुरा नागरिक स्वतन्त्रताको हनन् मात्र होइन देशलाई मुडभेडमा लगेर आपनो निहित स्वार्थपूर्ति गर्ने षड्यन्त्र हो’, शर्माले सामाजिक सञ्जालमार्फत भनेका छन् ।