May 2, 2024, Thursday
२० बैशाख २०८१, बिहीबार

नेकपा प्रचण्ड–नेपाल पक्षद्वारा झाँक्री पक्राउको विरोध, विनाशर्त रिहा गर्न माग

नेकपा प्रचण्ड–नेपाल पक्षले केन्द्रीय सदस्य रामकुमारी झाँक्री पक्राउको कडा विरोध गर्दै विनाशर्त रिहा गर्न माग गरेको छ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै गिरफ्तारीले वर्तमान सरकारको अलोकतान्त्रिक, निरंकुश र सर्वसत्तावादी चरित्रलाई उदांगो पारेको उल्लेख गरेको छ । राजनीतिमा संलग्न कुनै पनि व्यक्ति वा संस्था लोकतन्त्रमा आलोचनाभन्दा माथि हुन नसक्ने उल्लेख गर्दै विज्ञप्तिमा राजनीतिक आलोचनालाई राज्यविरुद्धको कसुर देख्नु गम्भीर दृष्टिभ्रम, पूर्वाग्रह र स्वेच्छाचारिताबाहेक अरु केही हुन नसक्ने ठहर गरिएको छ ।

Advertisement