April 29, 2024, Monday
१७ बैशाख २०८१, सोमबार

सुदुरपश्चिमका आर्थिक मामिला मन्त्रीले दिए राजीनामा

सुदूरपश्‍चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले पदबाट राजीनामा दिएका छन् । उनले बुधबार पत्रकार सम्मेलन गरी पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

नेकपा विभाजनसँगै बोहोरा ओली पक्षमा खुल्दै पदबाट राजीनामाको घोषणा गरेका हुन् । ओली पक्षले उनलाई केन्द्रीय सदस्यसमेत मनोनित गरिसकेको छ ।

सुदूरपश्‍चिम प्रदेश सरकारमा सुरुदेखि नै ओली पक्षमा खुलेका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरालाई यसअघि नै मुख्यमन्त्री त्रिलोचन भट्टले पदबाट हटाइसकेका छन् । बोहरा पनि बाहिरिएपछि प्रदेश सरकारमा दाहाल–नेपाल पक्षधर मन्त्री मात्रै कायम रहेका छन् ।

Advertisement