May 16, 2024, Thursday
३ जेष्ठ २०८१, बिहीबार

विश्वभर २४ घण्टामा ७ हजार कोरोना संक्रमितको मृत्यु

पौष २० । विश्वभर २४ घण्टामा ७ हजार ९७ जना संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १८ लाख ५० हजार २०९ पुगिसकेको जनाइएको छ ।

यसरी विश्वमा एकैदिन ५ लाख ४ हजार ९१६ कोरोना संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या ८ करोड ५४ लाख ८९ हजार ४६२ पुगेको छ । तथ्याङ्क अनुसार २ करोड ३१ लाख ९५ हजार ७८५ जनामा सक्रिय संक्रमण छ । उनीहरुको विभिन्न अस्पताल तथा होम आइसोलेसनमा उपचार भइरहेको छ । उपचाररतमध्ये १ लाख ६ हजार २२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको उल्लेख छ ।

६ करोड ४ लाख ४३ हजार ४६८ जनाले कोरोनालाई जितेका छन् । सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा आज एकैदिन १ लाख ९२ हजार १०० संक्रमित थपिएका छन् । योसँगै अमेरिकामा कोरोना संक्रमितको संख्या २ करोड ११ लाख ११ हजार २९१ पुगेको छ । एकैदिन १ हजार ३८७ जनाले ज्यान गुमाएपछि अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ६० हजार ७८ पुगेको छ भने दोस्रो स्थानको भारतमा संक्रमित संख्या १ करोड ३ लाख ४१ हजार २९१ पुगेको छ । अहलेसम्म १ लाख ४९ हजार ६८६ संक्रमितको मृत्यु भएको छ ।-एजेन्सी

Advertisement