May 15, 2024, Wednesday
२ जेष्ठ २०८१, बुधबार

धादिङको गजुरीमा पहिरो खस्दा दुई कण्टेनर पुरिए

धादिङको गजुरीमा पहिरो खस्दा दुई वटा कण्टेनर पुरिएका छन् ।

Advertisement

काठमाण्डौबाट धनगढीका लागि छुटेको ना ६ ख ६४०८ नम्बरको कण्टेनर र मुगलिनबाट काठमाण्डौका लागि छुटेको एचआर ३३–९९०१ नम्बरको भारतीय कण्टेनर सडकमाथिबाट खसेको पहिरोमा परेर पुरिएको छ।

गजुरी गाउँपालिका वडा नम्बर १ को गलौदीमा बिहान सडक माथिबाट खसेको पहिरोले गुडिरहेको कण्टेनर पुरिएको हो ।

पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध हुँदा सयौं गाडी रोकिएका छन् । पहिरो हटाउन सडक डिभिजन कार्यालय र गजुरी गाउँपालिकाको पहल भैरहेको बतायियको छ ।