May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

सरकारले असोज १५ देखि खाडी मुलुकहरु नियमित उडान सञ्चालन गर्ने

काठमाडौं : सरकारले असोज १५ देखि खाडी मुलुकहरु कतारको दोहा, साउदी अरेबियाको रियाद र कुवेतमा नियमित उडान सञ्चालन गर्ने भएको छ । यसअघि भदौ १६ देखि अन्तराष्ट्रिय उडान सुरु गरिएको भए पनि पीसीआर परीक्षण सहज नभएकाले ती मुलुकमा भने नियमित उडान हुन सकेको थिएन ।

Advertisement

अहिले यी मुलुकमा चार्टर्ड र उद्धार उडानमात्र भइरहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले खाडी मुलुकबाट नियमित उडानका लागि असोज महिनाको उडान सार्वजनिक गरेको छ ।

पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले यसअघि चार्टर्ड उडानमात्र भएका तीन गन्तव्य दोहा, रियाद र कुवेतमा अब नियमित उडान गरिने जानकारी दिए । ती मुलुकबाट हुने अन्तराष्ट्रिय उडानको तालिका नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले बनाएको छ ।

सचिव अधिकारीले सामाजिक सञ्जाल फेसबुकमार्फत तीन मुलुकमा अन्तराष्ट्रिय उडान संख्या थपिएको र अहिले भइरहेका गन्तव्यमा नियमित उडान जारी रहने बताएका छन् ।