May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

Tag: #esanchar tourism

पर्यटन बोर्ड भन्छ : पर्यटक आउन थाले, जनवरीमा १६ हजार बढी नेपाल भित्रिए

पर्यटन बोर्ड भन्छ : पर्यटक आउन थाले, जनवरीमा १६ हजार बढी नेपाल भित्रिए

कोभिड–१९ महामारीले नराम्ररी थलिएको मुलुकको पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिँदैछ । कोभिडको तेस्रो लहरसम्म आइपुग्दा महामारीको असहज परिस्थितिमा पनि विदेशी पर्यटक आगमन सकारात्मक पाइएको छ । कोभिडको पछिल्लो ओमिक्रोन भेरियन्टको त्रासले पर्यटन क्षेत्र निकै सशङ्कित भए पनि यसको प्रभाव कम रहेको र कोभिड विरुद्धको खोप आधाभन्दा बढी जनसङ्ख्याले लगाइसकेकाले पर्यटन क्षेत्र विस्तारै चलायमान हुने देखिन्छ ।…

सरकारले असोज १५ देखि खाडी मुलुकहरु  नियमित उडान सञ्चालन गर्ने

सरकारले असोज १५ देखि खाडी मुलुकहरु नियमित उडान सञ्चालन गर्ने

सरकारले असोज १५ देखि खाडी मुलुकहरु नियमित उडान सञ्चालन गर्ने

काठमाडौं : सरकारले असोज १५ देखि खाडी मुलुकहरु कतारको दोहा, साउदी अरेबियाको रियाद र कुवेतमा नियमित उडान सञ्चालन गर्ने भएको छ । यसअघि भदौ १६ देखि अन्तराष्ट्रिय उडान सुरु गरिएको भए पनि पीसीआर परीक्षण सहज नभएकाले ती मुलुकमा भने नियमित उडान हुन सकेको थिएन ।

अहिले यी मुलुकमा चार्टर्ड र उद्धार उडानमात्र भइरहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले खाडी मुलुकबाट नियमित उडानका लागि असोज महिनाको उडान सार्वजनिक गरेको छ ।

पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले यसअघि चार्टर्ड उडानमात्र भएका तीन गन्तव्य दोहा, रियाद र कुवेतमा अब नियमित उडान गरिने जानकारी दिए । ती मुलुकबाट हुने अन्तराष्ट्रिय उडानको तालिका नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले बनाएको छ ।

सचिव अधिकारीले सामाजिक सञ्जाल फेसबुकमार्फत तीन मुलुकमा अन्तराष्ट्रिय उडान संख्या थपिएको र अहिले भइरहेका गन्तव्यमा नियमित उडान जारी रहने बताएका छन् ।