May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

नेपालमा थप १४५९ जनामा कोरोना संक्रमण

काठमाडौं। नेपालमा थप १४५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १४५९ व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताय।

उनका अनुसार नेपालमा कोरोना संक्रमित हुने को संख्या ५६ हजार ७८८ जना पुगेको छ् भने पछिल्लो २४ घन्टामा थप १०६२ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म ४० हजार ६३८ उपचारपछि निको भएका छन्। पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ भने यो सहित नेपालमा संक्रमितको मृत्यु संख्या ३७१ पुगेको छ।

Advertisement