May 1, 2024, Wednesday
१९ बैशाख २०८१, बुधबार

काठमाडौं उपत्यकामा ६७६ कोरोना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा ६७६ कोरोना संक्रमित थपिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५५५ , ललितपुरमा ३५ र भक्तपुरमा ८६ जनालाई कोरोना संक्रमण देखिएको छ।

योसँगै उपत्यकामा कोराना संक्रमितको संख्या १२ हजार ९ सय २४ पुगेको छ। काठमाडौंमा १० हजार ५ सय ८३ ललितपुरमा १ हजार २ सय २६ र भक्तपुरमा १ हजार १ सय १५ संक्रमित पुगेका छन्। पछिल्लो २४ घण्टामा काठमाडौंकी ८६ वर्षीया महिला, ३४, ५५, ६६ र ९६ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

Advertisement