May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

संवैधानिक आयोगमा ४५ जना सिफारिस, अख्तियार प्रमुखमा प्रेमबहादुर राई

काठमाडौं।सरकारले पूर्वसचिव प्रेम कुमार राईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा सिफारिस गरेको छ ।

Advertisement

ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको दिन नै राईलाई आयुक्तमा सिफारिस गरेको खुलासा भएको हो । सिफारिससम्बन्धी पत्र आज संसदीय समितिमा पुगेपछि यसको खुलासा भएको हो । राई ओलीका विश्वासपात्र मानिन्छन् ।

यस्तै राष्ट्रिय मानवअधिकार आयोगको प्रमुखमा मीनबहादुर रायमाझी सिफारिस भएका छन् । अख्तियारको आयुक्तमा जयबहादुर चन्द पनि सिफारिस भएका छन् । चन्द कांग्रेस सभापति शेरबहादुर देउवाले नाम उपलब्ध गराएका व्यक्ति हुन् ।

संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ संशोधन अध्यादेश जारी भएपछि मंसिर ३० गतेको बसेको परिषदको बैठकले राईलाई प्रमुख आयुक्तमा सिफारिस गरेको पाइएको हो।

सिफारिस भएका यी व्यक्तिहरुको अब संसदीय समितिमा सुनुवाइ हुने स्थिति छैन किनकि सुनुवाइका लागि अब संसद नै छैन । संसद आजै राष्ट्रपतिले विघटन गरिसकेकी छिन् । संसदीय सुनुवाइ नहुने भएपछि अब सिफारिसमा परेकाहरु नै नियुक्त हुने लगभग निश्चितजस्तै छ ।