May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

प्रधानमन्त्री ओलीले बोलाए राष्ट्रिय सुरक्षा परिषदको बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषदको बैठक ४ बजे बोलाएका छन् ।

Advertisement

राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन गरिएसँगै सम्भावित सुरक्षा संकटका विषयमा छलफल गर्न राष्ट्रिय सुरक्षा परिषदको बैठक बोलाएका हुन् ।बैठकमा संकटकाल लगाउने विषयमा पनि छलफल हुने बताइएको छ ।

संसद विघटनको सिफारिस गरेसँगै चौतर्फी विरोध भैरहेका छन भने केही दल र संगठनहरुले बालुवाटारमै विरोध प्रदर्शनका कार्यक्रम सार्वजनिक गरिसकेका छन् ।

सम्भावित सुरक्षा खतरालाई मध्यनजर गर्दै राष्ट्रिय सुरक्षा परिषदको बैठक बोलाइएको हो । बैठकमा सम्भावित सुरक्षा खतरा र त्यसका लागि उठाउनुपर्ने कदमबारे छलफल हुने बताइएको छ ।

राष्ट्रिय सुरक्षा परिषदका मा अध्यक्ष प्रधानमन्त्री यसबाहेक परिषदका सदस्यहरु रक्षामन्त्री, गृह मन्त्री, परराष्ट्र मन्त्री, अर्थ मन्त्री, मुख्य सचिव र नेपाली सेनाका प्रधान सेनापति रहने ब्यबस्था छ ।