May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

काला घर्तीहरुकाे मुल थातथलाे “मसार”

यमन घर्ती मगर ।

Advertisement

हालकाे बाग्लुङ जिल्ला गल्काेट नगरपालिका वार्ड नंबर ६ मा पर्ने”मसार”बिश्वामा छरिएका काला घर्तीहरुकाे पुर्ख्याैलि थातथलाे हाे काला घर्तीहरुकाे पुर्खा अठार मगरात बाट अ।एकाे भन्ने कुरा गर्नुहुन्छ पुराना काला मगरहरु र ब्रम झाक्रि जस्लाई मन्डलि पनि भनिन्छ हालकाे गुल्मि,बाग्लुङ र म्याग्दिकाे बाग्लुङ संङ्ग जाेडिएकाे भेगमा त्याे समयमा १२ वटा मन्डलि थिए जाे धामीझाँक्री हुनुकाे साथसाथै आफ्नो झुन्डका नाइके पनि थिए तिनै ब्रम झाक्रिका सन्तति काला घर्ती हुन।

मगर जाति भित्रकाे उप थर”घर्ती मगर”घर्ती मगर भित्रकाे उप थर”काला”हाे।
काला घर्तीका पुर्खाहरु उपयुक्त ठाउकाे खाेजि गर्दै एक ठाउबाट अर्को ठाउमा बसाइ सर्दै हिडे पनि अाज भन्दा ५सय देखि ६ सय बर्षकाे बिचमा मसारमा अाए पछि तामा खानि खन्ने पेशा बनाई स्थाइ रुपमा बसाेबास गरेकाे पाइन्छ कुलकाे पुजा गर्दा पहिलोपटक खानिबाट निकालिएको तामालाई अहिले पनि पुज्ने चलन छ।काला उप थर यहि मसार देखि सुरु भएको मान्यताछ।


काला थर हुनुकाे पछाडि राेचक कथा भएको सुनाउनु हुन्छ पुराना पुस्ताका काला मगरहरु !
गाउमा कहि लडाइँ झगडा हुदा घरका सबै सदस्य अाइमाइ केटाकेटी सबै एक भएर कालाे अरिङ्गाल जसरी अाेइरिएर बिपक्षीलाई कुटपिट गर्थे रे त्यसैले गाउका अन्य जातजातिले कालाे अरिङ्गालकाे उपनाम दिदादिदै काला रहन गएको हाे भन्ने भनाइछ।

यहि मसार बाट छुट्टिएर जेठो भाइ रिघा गई बसेकाे र माइलाे भाइ छुट्टिएर ताेरिखाेला गएर बसेकाे माइलाको सन्ततिहरु बह्राहकाेत तथा गुल्मिकाे भार्सेमा गई बसेकाे पाईन्छ भने कान्छाे भाइ भट्टु काला मसारमै बसेकाे पाइन्छ।यीनै तीन भाइ काला घर्तीहरुकाे परिवार अाज बिश्वमा फैलिएका हुन।

काला घर्तीहरुकाे मुल थातथलाे "मसार"

भट्टु काला मगरका छैठौं पुस्ता अहिले पनि मसार र सिमलबाेट र बुटवलमा बसाेबास गरिरहेकाछन्।

काला घर्तीहरुकाे सबैभन्दा पुरानाे कुलकाे थान यहि मसारमा छ जसमा छुट्टिएर गएका जेठाे,माइलाे र कान्छाेकाे सन्ततिहरुले धेरै पछि सम्म एकसाथ कुल पुज्ने गर्दथे साथै रिघा,ताेरिखाेला,मसारमा बच्चा जन्मिदा वा दाजुभाइ मर्दा जुठो बार्ने चलन धेरै पछि सम्म रहेकाे थियो भनेर सुनाउनु हुन्छ पुराना पुस्ताका सदस्यहरुले ।

पछि काला घर्तीहरुकाे जनसंख्या बढ्दै गए पछि दाजुभाइ धेरै भएर पुजाअाजा गर्दा हाेस वा बिहेवारिकाे समयमा जुठाे परिरहने र कतिपय समयमा एकैपटक २/३ ठाउमा दाजुभाइकाे मृत्यु जुध्ने गरेकाे हुदा कुल छुट्याइएको हाे भन्नू हुन्छ पुराना पुस्ताका सदस्यहरु।


काला घर्तीहरुले बर्षकाे एकपटक पित्रिपुजा गर्ने बर्षकाे दुई पटक उभाैलि र उदाैलिमा मन्डलिकाे पुजा गर्ने गर्दछन्।समग्रमा काला घर्तीहरु प्रकृति पुजक हुन।पछिल्लो समयमा केही काला घर्तीहरुले अाफ्ना पित्रिकाे संझनामा अाफ्ना चेलिबेटीहरु लाई खुवाउने दक्षिणा दिने चलन पनि चलाएको पाइन्छ।

इस्तइन्डिया कम्पनीले जब देखि गुरुङ/मगर/ राई/लिम्बुलाई इस्टइन्डिया कम्पनीमा भर्ति गर्न सुरु गर्याे मगरहरुमा राना,थापा,पुन थर भएका मात्रै भर्ति हुन्थ्यो त्यसैले काला घर्तीहरुले पनि नागरिकता वा परिचयपत्रमा राना/थापा/पुन लेखाएर भर्ती भए र उनिहरुकाे मुख्य थर काला घर्ती भए पनि पुन
/राना/थापा भनेर चिनिएका छन्।त्यसकारण पनि काला मगरहरुकाे एकिन तथ्यांक बनाउन समस्या भएकोछ।