April 29, 2024, Monday
१७ बैशाख २०८१, सोमबार

संक्रमणबाट आज १५ जनाको मृत्यु (ठेगाना र उमेर सहित)

असोज २१ । आज नेपालमा कोरोना भाइरसको संक्रमणबाट १५ जनाको मृत्यु भएको छ । आज कोरोना संक्रमणबाट मृत्यु हुनेहरुमा ५ महिला र १० पुरुष रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयको अनुसार हालसम्म कुल ५ सय ७८ जनाको संक्रमणबाट मृत्यु भइसकेको छ ।

आजका मृतकहरुमा ९ जना वृद्धवृद्धा छन् भने उपत्यकामा मात्रै ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

मृतकको ठेगाना र उमेर
१.काठमाडौंका ६४ वर्षीय पुरुष
२.काठमाडौंका ६९ वर्षीय पुरुष
३.काठमाडौंका ५३ वर्षीय पुरुष
४.काठमाडौंका ४५ वर्षीय पुरुष
५.काठमाडौंका ६६ वर्षीय महिला
६.काठमाडौंका ७२ वर्षीय महिला
७.ललितपुरका ४६ वर्षीय पुरुष
८. मोरङका ४० वर्षिय पुरुष
९.मोरङका ६० वर्षिय पुरुष
१०.सिराहाका ५० वर्षीय महिला
११.रौतहटका ७२ वर्षीय महिला
१२.चितवनका ६१ वर्षीय पुरुष
१३.रुपन्देहीका ५५ वर्षीय पुरुष
१४.दाङका ७१ वर्षीय महिला
१५.नवलपरासीका ७६ वर्षीय पुरुष

Advertisement