May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

नौ कम्पनीले उत्पादन गरेका स्यानीटाइजर उद्योगका उत्पादनमा प्रतिबन्ध

काठमाडौँ-औषधि व्यवस्था विभागले भारतीय र नेपाली कम्पनीले उत्पादन गरेका स्यानीटाइजर उद्योगका उत्पादनमा प्रतिबन्ध लगाएको छ।

Advertisement

विभागले बजारमा बिक्री वितरणमा रहेको ह्यान्ड स्यानीटाइजरको नमूना सङ्कलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षन गरेको थियो । उक्त परीक्षण मा नौ ह्यान्ड उद्योगका स्यानीटाइजर तोकिएको मापदण्ड ‘इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर सम्बन्धी स्तर २०७६’ विपरीत विषाक्त रसायन मिथानोल भेटिएपछी बिभाग ले स्यानीटाइजर उत्पादन तथा बिक्री वितरणमा रोक लगाएको हो।


बिक्रिबितरण मा रोक लगायियका हरुमा भारतीय कम्पनी सिभिका कस्मेक्युटिकल्स लिमिटेड उत्तराखण्डको हर्बलट्री ह्याण्ड रबमा ६२ प्रतिशत मिथानेल, आर केमिकल एण्ड प्याकेजिङ इण्डस्ट्रिज पर्साको रिप्याक गरिएका कुम ह्याण्ड स्यानिटाइजर र क्लिन ह्याण्ड स्यानिटाइजर, कुमकुम हर्बल इण्डस्ट्रिज बनेपाका कुमकुम इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर र इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर रहेका छन ।

यसैगरी नेपाली ओम आरोग्य हेल्थकेयर प्रालि इमाडोल ललितपुरको इन्स्ट्यान्ट ह्यान्ड स्यानिटाइजर, साधना सप्लायर्स काठमाडौँको साधना इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर र कालिका सोप एण्ड केमिकल इण्डस्ट्रिजका ड्रोन ह्याण्ड स्यानिटाइजर (पहेँलो रङ्गको) र रङ्गबिनाका दुई स्यानिटाइजर उद्योगका उत्पादनमा प्रतिबन्ध लगाइएको विभागका महानिर्देशक नारायणप्रसाद ढकालले जानकारी दिए।