May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

‘रामलखन जयसवाल मृत्‍यु प्रकरणमा संसदीय छानबिन गर्न माग’


काठमाडौं, ११ असोज । नेपाल कलवार कल्याण समिति, काठमाडौंले
वीर अस्पतालमा उपचारको क्रममा निधन भएका रामलखन जयसवालको
मृत्य प्रकरणबारे सत्य, तथ्य बाहिर ल्याउन सरकारसँग माग
राखेको छ । समितिले जयसवालको के कसरी मृत्य भएको हो
त्यसमा संसदीय छानबिन आयोग गठनगर्न पनि माग गरेको छ

आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना
गरेर समितिले जयसवालको परिवारलाई उचित क्षतिप७त्रगयतसर्तिसहित न्यायको
व्यवस्था गर्न पर्ने माग गरेको छ ।

Advertisement

समितिका अध्यक्ष रामचन्द्र साहले
जयसवालको परिवारले उचित न्याय पाउन पर्ने बताए । उनले
भने,‘सरकारले पीडित परिवारलाई न्याय दिनपर्छ । सरकारले यो
विषयमा पर्याप्त ध्यान दिनपर्छ । परिवारले अघि सारेका मागहरु
चाँडोभन्दा चाँडो सम्बोधन हुनु पर्छ ।’


उनले पोष्टमार्टमको रिपोर्ट पनि चाँडै सार्वजनिक गर्न आग्रह
गरेका छन् । न्यायका लागि जयसवाल परिवार धेरै दिनदेखि
काठमाडौंमा रहेकोले आफ्नो परम्पर अनुसार अन्त्येष्टि
गर्नको लागि शव पनि चाँडै रिलिज गर्न सरकारसँग समितिले आग्रह
गरेको छ ।

कार्यक्रममा मृत्तक जयसवालकी भाईबुहारी सनम जयसवालले
यो प्रकरणमा सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेर
दोषीलाई कठोरभन्दा कठोर सजाय दिन माग गरेकी छिन् । उनले
भनिन्,‘गृहमन्त्री चाँडोभन्दा चाँडो छानबिन समिति गठन
गरेर दोषीलाई कारबाही होस, यो जेल र वीर अस्पताल बद्नाम
नहोस् ।’ उनले वीर अस्पतालले किन अहिलेसम्म सिसिटिभी फुटेज

ननिकालेको भन्दै प्रश्नसमेतगरिन । उनले मृत्तक जयसवालको
पोष्टमार्टम भैसक्दापनि अहिलेसम्म रिपोर्ट नदिईएको गुनासो
पोखिन् ।
कार्यक्रममा प्रथम उपाध्यक्ष अवलेश प्रसाद गुप्ता, द्वितिय उपाध्यक्ष
चन्द्रेश्वर प्रसाद साह, महासचिव राम बाबु चौधरी, सचिव महेन्द्र चौधरी
र सदस्यहरु दिनेश जयसवालको उपस्थिति थियो । समितिले
जयसवाल परिवारलाई न्याय दिलाउनको लागि प्रधानमन्त्री केपी
शर्मा ओलीलाई ज्ञापनपत्रसमेत बुझाईसकेको छ। उसले काठमाडौं
सिडिओ कार्यालयमार्फत प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र बुझायको हो