May 5, 2024, Sunday
२३ बैशाख २०८१, आईतवार

प्रधानमन्त्री देउवाले आज देशबासीका नाममा सम्बोधन गर्ने

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री देउवाले आज अपरान्ह ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।

सम्वोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सम्बोधनमा सरकारले यस अवधिमा गरेका कामबारे देशबासीलाई जानकारी गराउने बताइएको छ । यससँगै कोरोना महामारी नियन्त्रण तथा व्यवस्थापनका लागि सरकारले गरेका प्रयासबारे पनि प्रधानमन्त्रीले जानकारी दिनेछन् ।

प्रधानमन्त्री बनेपछि देउवाले ६ महिनाको अवधिमा पहिलोपटक सम्बोधन गर्न लागेका हुन् । देश कोरोना महामारीको चपेटामा परिरहेको तथा स्थानीय तथा संघीय निर्वाचनबारे छलफल चलिरहेका बेला प्रधानमन्त्री देउवाले देशवासीको नाममा सम्बोधन गर्न लागेका हुन् ।

Advertisement