May 20, 2024, Monday
७ जेष्ठ २०८१, सोमबार

एमाले महाधिवेशन- भीम रावलको पर्चा बाँड्नेलाई स्वयंसेवकले बाहिर निकाले

चितवन । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनका केही प्रतिनिधिहरूलाई भीम रावलको पर्चा वितरण गरियको थियो । पर्चा बाँड्दै मूल गेटसम्मै पुगेका रावल पक्षका कार्यकर्ताहरुलाई एमाले स्वयंसेवकहरुले यहाँ पर्चा बाँड्न पाइँदैन भन्दै बाहिर निकालेका हुन । एमालेको दशौं महाधिवेशन अन्तर्गत दोस्रो दिन बन्दसत्र सुरु हुन लागेको बेला प्रतिनिधिहरु प्रवेश गर्ने क्रममा स्वयंसेवकहरुले केही विषयमा कडाइ गरेका छन् ।

एमालेको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका भीम रावलको चुनाव प्रचारसम्बन्धी पर्चा बोकेर कसैलाई पनि बन्दसत्रभित्र प्रवेश गर्न दिइएको छैन । स्रोतका अनुसार मनोनयनपत्र दर्ता नै नभएका कारण पर्चा बोकेर बन्दसत्रभित्र प्रवेशमा रोक लगाइएको बतायिएको छ । ​स्वयंसेवकहरुले त्यस्ता पर्चा खोसेरमात्र बन्दसत्र आयोजनास्थलभित्र प्रवेश गर्न दिएका छन् ।

बन्दसत्र आयोजनास्थलभन्दा बाहिर भने कतिपयले रावलको पर्चा बाँड्ने गरेका छन् ।बन्दसत्रको हलभित्र प्रवेश गर्न लामबद्ध भएकाहरुलाई रावलका कार्यकर्ताहरुले पर्चा वितरण गरेका थिए । ‘मेरो उम्मेदवारी किन’ लेखिएको रावलको पर्चामा रावलले अध्यक्षमा उम्मेदवारी दिनुपर्नाका कारणबारे उल्लेख छ ।

Advertisement