May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

दिपक मनाङे भन्छन, दुईटै किड्नी नभएको मान्छेको पछि किन लाग्ने ?

हिजो विनाविभागीय मन्त्रीको सपथ खानुअघि दिपक मनाङेले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यसँग जोडेर छुद्र टिप्पणी गरेका छन् । प्रदेश प्रमुखले नयाँ सरकार गठनमा अलमल गरेको भन्दै नेपाली कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनले प्रदेश प्रमुख निवासअघि विपक्षीहरु धर्ना बसेका बेला उनले यस्तो छुद्र टिप्पणी गरेका हुन ।

Advertisement

गण्डकी प्रदेशमा दिपक मनाङे तेस्रोपटक मन्त्री नियुक्त भएका छन् । हिजो विनाविभागीय मन्त्रीको सपथ खानुअघि उनले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यसँग जोडेर छुद्र टिप्पणी गरे ।

दुई दिनअघि मन्त्रीबाट बर्खास्त भएका मनाङेले त्यहाँ पत्रकारले उनलाई केही बोलिदिन आग्रह गरेपछि केपि आलीको न वर्तमान छ, न भविष्य भन्दै दुईवटा किड्नी नभएको मान्छे भनेका हुन ।

मनाङेले भने, ‘केपी ओलीको न वर्तमान छ, न भविष्य छ । तर, यसको पछि लाग्ने मान्छेहरुको बुद्धि छैन रैछ क्या । दुईवटा किड्नी नभएको मान्छे हो । अरुको त किड्नी छ नि यार । वुद्धि भए छिटो उसको साथ छोड्दा राम्रो हुन्छ । म त टाइममै छोडेर बचेँ ।’