May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

अहिले विद्यालय सञ्चालन गर्न सकिदैन :काठमाडौँ महानगरपालिका

काठमाडौँ महानगरपालिकाले अहिलेकै समयमा विद्यालय सञ्चालन गर्न नसकिने जनाएको छ ।

पहिलेको तुलनामा कोरोना सङ्क्रमणदर कम भए पनि जोखिम कायमै रहेको भन्दै महानगरले तत्काल विद्यालय सञ्चालन गर्न नसकिने र अझै केही समय वैकल्पिक माध्ययमबाट नै पठनपाठन हुने जनाएको हो ।

गत कात्तिक २० गते बसेको मन्त्रिपरिषद् बैठकले केही कार्यविधि बनाई सञ्चालनको जिम्मा सम्बन्धित स्थानीय तहलाई दिइसकेको छ । विद्यालय सञ्चालन गर्ने भन्दै हालसम्म कुनै पनि विद्यालयले अनुमति नमागेको पनि कामपा शिक्षा विभागका प्रमुख नमराज ढकालले जानकारी दिए ।

Advertisement