May 4, 2024, Saturday
२२ बैशाख २०८१, शनिबार

वाणिज्य बैंकको लाभांशमा भारी गिरावटका कारण निराशा

पुस ४ । कोरोना महामारीको प्रत्यक्ष असर वाणिज्य बैंकमा पर्दा गत वर्षको तुलनामा लाभांश खुम्चिएको छ । यसबाट अन्य क्षेत्रभन्दा बैंकको सेयरमा नाफा हुने भन्दै लाभांशको लोभमा दोस्रो बजारमा सेयर खरिद गर्नेहरूमा निराशा छाएको छ । वाणिज्य बैंकहरूले प्रदान गर्ने लाभांश गत वर्षभन्दा निकै कम भएपछि नाफा बढी हुने र लाभांश पनि बढी पाइने आशा गरेका सेयर खरिदकर्तामा निराशा छाएको हो ।

यसैगरी आर्थिक वर्ष २०७६(७७ को मुनाफाबाट लाभांश घोषणा गर्ने २० वटा बैंकको लाभांश गत वर्षभन्दा कम भएको छ । अहिलेसम्म घोषित लाभांशमध्ये एनआइसी एसिया र हिमालयनले सबैभन्दा बढी अर्थात् २० प्रतिशत लाभांश घोषणा गरेका छन् । यी बैंकले गत वर्ष क्रमशः २१ दशमलव ५ र २२ प्रतिशत लाभांश दिएका थिए ।

आर्थिक वर्ष २०७६(७७ को लाभांश घोषणा गरेकामध्ये सेन्चुरी कमर्सियल बैंकले सबैभन्दा कम ७।५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । यसले गत वर्ष ६।७५ प्रतिशत लाभांश दिएको थियो । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत वाणिज्य बैंकमध्ये ६ बैंकले लाभांश घोषणा गर्न बाँकी रहेको देखिन्छ । यो खबर आजको राजधानी दैनिकमा छपिएको छ ।

Advertisement