May 2, 2024, Thursday
२० बैशाख २०८१, बिहीबार

बिमा कम्पनीद्वारा कोरोना बिमावापतको भुक्तानीमा आलटाल

मंसिर ११ । कोभिड-१९ बिमा गरेकाहरुमध्ये अधिकांशले संक्रमित भई उपचार गरेपनि बिमा रकम पाउन सकेका छैनन् । पाँच सय तिरे ५० हजार र एक हजार तिरे एक लाख वा सामूहिक गर्दा तीन सय रुपैया तिरेर ५० हजार र छ सय तिरेर एक लाााख कोरोनावापतको पाउने गरी बिमा गरेपनि अधिकांशले रकम पाउन सकेका छैनन् ।

पोलिसी अनुसार संक्रमित भइसकेकाले प्रमाणित कागजात पेश गरेपनि महिनौं बित्दा पनि रकम नपाउनुमा बिमा कम्पनिले रकम दिदै नदिने या दिएपनि पूरा नदिने नियत रहेको सरोकारवालाहरुको आरोप छ । उनिहरुका अनुसार धेरै झुलाएपछि वाक्क लागेर छाडिदिनसक्ने ठानेर पनि यस्तो गरेको हुनसक्छ ।

यसरी महिनौंसम्म धाएर पनि कोरोना बिमावापतको रकम नपाउनेको संख्या हजारौं छ । विगतमा कोरोना संक्रमितको संख्या कम हुँदा बिमा गरिएपनि अहिले कम्पनिहरुले गर्न मानेका छैनन् । कोरोना बिमा वापत्को रकम शुरुमा जुन मापदण्ड अनुसार दिइन्थ्यो अहिले त्यसमा संशोधन गराइएको छ । अब कोरोना पोजेटिभ हुनेवित्तिकै बिमावापतको पूरा रकम पाइँदैन । पोजेटिभ आएमा २५ प्रतिशत र बाँकी रकम अस्पतालमा उपचार गरेको वा घरबाहिर होटलमा आइसोलेसनमा बसेको बिल भपाईँ पेश गर्नुपर्ने वाध्यकारी नियम बनाइएको छ । देशमा कोरोना बिमा गर्दा कम्पनिहरुलाई नोक्शानी परेको छ । उनीहरुले करोडौं बिमावापत् रकम दिइसकेको र यो अर्बभन्दा माथि नाघ्ने देखिन्छ । घाटा पर्न थालेपछि बिमा कम्पनिहरुले कागजात अनावश्यक कलाउने देखि ढिलासुस्ती गर्न थालेका देखिन्छन् ।

Advertisement