May 2, 2024, Thursday
२० बैशाख २०८१, बिहीबार

तमिल स्टार अजितका कारण जागिर गएको भन्दै महिलाले गरिन् आत्महत्याको प्रयास

तमिलका सुपरस्टार अजित कुमारका कारण आफ्नो जागिर गएको भन्दै एक महिलाले उनको घर अगाडि आत्महत्याको प्रयास गरेकी छिन् । फरजाना नाम गरेकी महिलाले अजितका कारण जागिर गएको भन्दै आगो लगाएर आत्महत्या गर्ने प्रयास गरेकी हुन् । भारतीय मिडियाका अनुसार, फरजाना एक अस्पतालमा काम गर्थिन् । जब अजित र उनकी श्रीमती उक्त अस्पताल पुगेका थिए सो समयमा फरजानाले भिडियो बनाएर सामाजिक संजालमा अपलोड गरेकी थिइन् । उनलाई अस्पतालको नियम तोडेको आरोपमा जागिरबाट निकालिएको थियो । फरजानाले अजितकी श्रीमती सालिनीसँग आफ्नो जागिर फिर्ताका लागि सहयोग गर्न आग्रह गरेकी थिइन् । अस्पताल प्रशासनले भने फरजानासँग अन्य केही समस्या भएका कारण जागिरबाट निकालिएको बताएको छ ।

फरजाना एक महिलाको साथमा अजितलाई भेट्न उनको घर पुगेकी थिइन् । तर, उनको यो कोशिश असफल भएपछि उनले आगो लगाएर आत्महत्या गर्ने कोशिश गरेकी हुन् । फरजानाले आगो लगाएसँगै प्रहरीले उनको ज्यान बचाएको थियो ।

Advertisement