May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

‘रत्नपार्क’मा काम गर्दै भिटेन

युवापुस्तामाझ चर्चित रहेको र्यापर समिर घिसिङ ‘भिटेन’ले ‘रत्नपार्क’ नामक चलचित्र साइन गरेको छन् । यो चलचित्रलाई बुढासुब्बा ओर्जिनलले निर्माण गर्दैछ । यो चलचित्रका निर्माता नवराज गिरीले भिटेनले चलचित्रमा काम गर्न लागेको पुष्टी गरे । नवराजले भिटेनले चलचित्रका लागि लिएकोे पारिश्रमिक भने खुलाउन चाहेनन् । तर, चलचित्र बजारमा भिटेनले ‘रत्नपार्क’का लागि १८ लाख रुपैयाँ लिएको चर्चा छ । नवराजका अनुसार, बुढासुब्बा ओर्जिनलले ७ वटा चलचित्र बनाउनेछ । जसमा एउटा प्रोजेक्ट ‘रत्नपार्क’ पनि हो । रौतहटमा जन्मिएका र्यापर भिटेन बारम्बार आफ्नोे गीतका कारण बिबादमा आउने गरेका छन् । उनलाई गीतमा अश्लिल शब्द प्रयोग गरेको भन्दै प्रहरीले पनि पक्राउ गरिसकेको छ । नेपाली चलचित्रमा गायकहरुकोे आगमन भैरहेके समयमा भिटेनले पनि ठूलो पर्दामा प्रवेश गर्न लागेका हुन् ।

Advertisement