May 16, 2024, Thursday
३ जेष्ठ २०८१, बिहीबार

आजको मौसम

पौष १३ । पूर्वी तथा पश्चिमका क्षेत्रमा आंशिक बदली भए पनि देशका अरु क्षेत्रको मौसम सोमबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले केही क्षेत्रको मौसम बदली हुने देखिएको हो । अहिले बागमती र गण्डकी प्रदेशको उच्च पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली भएको छ । अरु क्षेत्रको मौसम भने सामान्यतया सफा रहेको छ । सोमबार दिउँसो प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

यसैगरी सुदूरपश्चिम प्रदेशका उच्च हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ भने राति प्रदेश १ को पहाडी भू–भागमा आंशिक बदली रहि बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ । तापक्रम चिसो रहिरहने तथा तराई र पहाडी भू–भागका केही स्थानमा बिहानीपख हुस्सु–कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविदहरुको आग्रह छ ।

Advertisement