May 3, 2024, Friday
२१ बैशाख २०८१, शुक्रबार

प्रदेश १ को नामकरण संसद्मा छलफल गरेर चाँडै टुङ्गो लगाइनेछ- मुख्यमन्त्री राई

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नामकरणबारे संसद्मा छलफल गरेर चाँडै टुङ्गो लगाउने बताउनुभएको छ ।

सङ्खुवासभाको तुम्लिङ्टार विमानस्थलमा पत्रकारसँग आज सङ्क्षित कुरा गर्दै मुख्यमन्त्री राईले प्रदेश नं १ को नामकरण पहिचान, बहुपहिचानका आधारमा सहमतिबाट छलफल गरी टुङ्गो लगाउने बताउनुभयो । नामकरणका लागि पहिचान बोकेका कोशी, किराँत र सगरमाथाबाट छलफल प्रारम्भ गरिने मुख्यमन्त्री राईले बताउनुभयो । प्रदेशको नामकरणका लागि सर्वदलीय बैठक राखेर वा दलका प्रमुखसँग छलफल गरिने उहाँको भनाइ थियो ।

विगतको सरकारले संसद्मा छलफल तथा प्रयास नगरेका कारण प्रदेशको नामकरण अहिलेसम्म हुन नसकेको उहाँले बताउनुभयो । नामकरणका लागि तिहारपछि संसद् सुरु हुनासाथ छलफल थाल्ने मुख्यमन्त्री राईले बताउनुभयो ।

Advertisement