April 30, 2024, Tuesday
१८ बैशाख २०८१, मंगलवार

मुख्यमन्त्री राईद्वारा ‘सप्तरङ्गी–३’ उद्घाटन

सङ्गीतको माध्यमबाट राष्ट्रिय एकताको सन्देश प्रवाहित गर्दै सातै प्रदेशमा आयोजना हुने सांगीतिक अभियान ‘सप्तरंगी’को तेस्रो संस्करण शुक्रबार साँझ पूर्वीद्वार काँकडभिट्टाबाट प्रारम्भ भएको छ ।

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईले काँकडभिट्टा बसपार्कमा भएको उक्त कार्यक्रमको उद्घाटन गर्नुभयो । कार्यक्रममा अभिनेता राजेश हमाल, गायक प्रमोद खरेललगायतका कलाकारको सहभागिता थियो । जनताद्वारा, जनताका निम्ति र जनतालाई भन्ने नाराका साथ सातै प्रदेशमा आयोजना हुने यो साङ्गीतिक कार्यक्रम काँकडभिट्टाबाट सुरु भएर क्रमशः अरु प्रदेशमा पुग्ने छ । बिगतमा कार्यक्रमका दुईवटा संस्करण आयोजना भइसकेका छन् ।

गृष्मा ब्रोडकास्टिङले कार्यक्रमको आयोजना गरेको छ । मङ्सिर २६ मा जनकपुर, २८ मा चितवन, पुस १ मा नेपालगञ्ज, ३ मा सुर्खेत, ५ मा धनगढी र पुस ९ मा पोखरामा कार्यक्रम आयोजना हुने कार्यक्रमका प्रदेश नं १ संयोजक विकास घिमिरेले बताउनुभयो । कार्यक्रममा गायक बद्री पङ्गेनी, रामकृष्ण ढकाल, अनिल सिंह, हाँस्यकलाकार सन्दीप छेत्री, राजा राजेन्द्र, गायिका मिलन नेवार र अस्मिता अधिकारी तथा मोडेल उषा उप्रेतीलगायतको उपस्थिति रहेको थियो ।

Advertisement