May 20, 2024, Monday
७ जेष्ठ २०८१, सोमबार

राप्रपाका केन्द्रीय सदस्य भट्टराई र पोखरेलसहित ४७ जना एमालेमा प्रवेश

राप्रपाका केन्द्रीय सदस्य दयाराम भट्टराई र लता पोखरेलसहित विभिन्न पार्टी परित्याग गरी ४७ जना नेकपा एमालेमा प्रवेश गरेका छन् ।

Advertisement

शनिबार उर्लाबारी–५ स्थित हाम्रो बचत सहकारीको सभाहलमा भएको पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशीलाई नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रदेश १ का सचिव विनोद ढकाल र एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले पार्टीमा स्वागत गरे ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी मोरङका पूर्व अध्यक्ष प्रकाश चौधरी, वाइसीएल मोरङ जिल्ला सदस्य मनोज नेपाललगायत पनि एमाले प्रवेश गरेका छन् ।

सो अवसरमा प्रमुख अतिथि केन्द्रीय सदस्य विनोद ढकाल, जिल्ला अध्यक्ष ऋषिकेश पोखरेल, नवप्रवेशी दयाराम भट्टराई र प्रकाश चौधरी, एमालेका पुराना नेता प्रेम भण्डारी, घनश्याम भण्डारीले मन्तव्य राखेका थिए । एमाले उर्लाबारीका अध्यक्ष उमाकान्त गौतमको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन नगर कमिटी सचिव निरोज तिम्सिना र स्वागत मन्तव्य नगर कमिटी उपाध्यक्ष पूर्णप्रसाद घिमिरेको रहेको थियो ।