May 20, 2024, Monday
७ जेष्ठ २०८१, सोमबार

नेकपा एमाले द्वारा पुराना नेता राईलाई दोसल्ला सहित सम्मान

झापा-  नेपाल कम्युनिस्ट पार्टी एमाले शिवसताक्षी नगरपालिका वडा न. – ८ वडा कमिटीले नेकपा एमालेका पुराना नेता कम्युनिस्ट हस्ती श्याम राईलाई सम्मान पत्र र दोसल्ला सहित सम्मानित गरेको छ । भदौ ४ गते शुक्रबार श्याम राईको निजी निवासमै गएर नेकपा एमालेले पार्टीमा पुर्याएको अतुलनीय योगदानलाई स्मरण गर्दै राईलाई सम्मान गरेको हो।

Advertisement

स्वास्थ्य सतर्कता सहितको सम्मान कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य राजीव घिमिरे,पुर्व सांसद तारा समयाङ्गया, जिल्ला कमिटी सचिवालय सदस्य एवं क्षेत्र न. ४ का संयोजक राधाकृष्ण खनाल, शिवसताक्षी नगर कमिटीका अध्यक्ष धन बहादुर थेबे,नगर कमिटीका नेताहरु,स्थानीय जनप्रतिनिधीहरु, एमालेका स्थानीय नेता कार्यकर्ताहरु लगायतको उपस्थिती रहेको थियो ।

२०२८ सालदेखि अनेरास्ववियुको राजनिती हुदै पंचायती व्यवस्थाको विरुद्दमा कम्युनिस्ट पार्टीको राजनितीमा सक्रिय श्याम राईले आफ्नो जीवनकालमा व्याक्तिगत अवसरलाई प्राथमिकतामा नराखी बहुदलीय व्यवस्था प्राप्तिका निमित्त अत्यन्तै कठिन परिस्थितिका बाबजुद भूमिगतकालमा कम्युनिस्ट नेताहरुलाई सुरक्षा सहित आफ्नै घरमा सेल्टर दिएर अभिवावकत्व प्रदान गरेका थिए । २०४६ को परिवर्तन पछी नेकपा एमालेको राजनितीमा सक्रिय राई २०७७ पौष २५ गते प्रेसरका कारण ढलेपछि ब्रेन हेमेरेज भएर अशक्त र बोल्न नसक्ने अवस्थामा छन ।

कार्यक्रमका प्रमुख अतिथी नेकपा एमाले प्रदेश कमिटी सदस्य राजीव घिमिरेले पार्टीलाई हिजोको कठिन अवस्थाबाट आजको अवस्था सम्म ल्याइपुर्याउन श्याम राई जस्ता योद्दाहरुको योगदान पार्टीमा कहिल्यै छायामा पर्न नहुने धारणा राख्दै वर्तमान अवस्थामा गुटफुटमा नलागिकन एमालेमा प्रतिबद्द भएर उभिन सबैलाई आग्रह गरेका थिए ।

पुर्व सांसद तारा समयाङ्गयाले पंचायती तानाशाह र मण्डलेलाई घुडा टेकाउन श्याम राइले व्याक्तिगत जीवन भन्दा माथि उठेर गरेको त्याग उदाहरणीय रहेको चर्चा गर्दै पार्टीमा बैचारिक क्षमता विकास गर्न आवश्यक रहेको औंल्याएका थिए । उनले व्यवस्था परिवर्तन भएपनी जनताको विकास र समृददीको सपना अधुरै रहेको, तर सुर्य चिन्हबाट चुनाव जित्ने अनि रुखमा भोट हाल्नेहरुलाई पहिचान गरेर अगाडी बढनुपर्ने बताएका थिए ।

जिल्ला कमिटी सचिवालय सदस्य एवं क्षेत्र न. ४ का संयोजक राधाकृष्ण खनालले श्याम राई एमालेको एक कुशल, वफादार,कर्तव्यनिष्ठ र निष्कलंकित सिपाही भएको चर्चा गर्दै पार्टीका निमित्त उहाको महत्वपूर्ण योगदान रहेको बताएका थिए । शिवसताक्षी नगर कमिटीका अध्यक्ष धन बहादुर थेबेले श्याम राई भूमिगत समयमा पार्टीको असल अभिवावक र निडर स्वभावको एमाले नेता भएको चर्चा गर्दै त्यसबेलाको विभिन्न आन्दोलनको स्मरण गरेका थिए ।

कार्यक्रममा सबैले श्याम राईको शिघ्र स्वास्थ्य लाभको कामना गरेका थिए । परिवारको तर्फबाट श्याम राइकि धर्मपत्नी छविसरा राइले कठिन परिस्थितिमा नेताहरुले गरेको योगदानले नै पार्टी यो अवस्थामा आएपनि नेताहरु विलासी भएको र हिजो योगदान गर्ने नेताहरुलाई पार्टीले बिर्सदै गएको,पार्टी शहर केन्द्रित भएको बताउदै आफ्नो श्रीमान श्याम राईलाई पार्टीले गरेको सम्मान प्रति कृतज्ञता जाहेर गरेकी थिइन।

वडा कमिटी वडा न. ८ का अध्यक्ष डम्बर निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य वडा इन्चार्ज सिताराम निरौलाले गरेका थिए भने कार्यक्रम संचालन नेत्र प्रसाद तिम्सिनाले गरेका थिए।