May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

रोल्पामा एमालेका पूर्वगाविस अध्यक्षसहित जिल्ला नेताहरु माओवादी केन्द्रमा प्रवेश

रोल्पामा नेकपा एमालेका जिल्ला सदस्यहरुसहित ठूलो संख्यामा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनीहरुलाई नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं रोल्पा इञ्चार्ज दीपेन्द्र पुन ‘सिजल’ले माओवादी केन्द्रमा स्वागत गरेका हुन।

Advertisement

माओवादी केन्द्र प्रवेश गर्नेहरुमा एमालेका जिल्ला सदस्य तथा साविक नुवागाउँ गाविसका निर्वाचित अध्यक्ष शान्तराज बोहरा,जिल्ला कमिटी सदस्य टेकबहादुर घर्ती मगर, त्रिवेणाी गाउँपालिका सदस्य ङनमानसिङ बुढा मगर लगाएत रहेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि पुनले जनताको लागि इमान्दारीपूर्वक काम गर्दै आएका पुराना नेताहरुको प्रवेशले त्रिवेणी गाउँपालिका र समग्र रोल्पाको राजनीतिमा थप सकारात्मक उर्जा प्राप्त हुने बताए ।

नवप्रवेशी बोहराले निरन्तर जनताको सेवामा लाग्ने अटोठ व्यक्त गर्दै एमालेबाट अब अग्रगमनको नेतृत्व हुन नसक्ने भएकाले सो पार्टी छाडेको बताए ।