May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

माओवादी केन्द्रको २३६ जनाको केन्द्रीय समिति घोषणा

नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । आइतबार साँझ अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटीको घोषणा गरेसँगै महाधिवेशन सम्पन्न भएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले सञ्चारकर्मीलाई बताए ।

कमलादीस्थित प्रज्ञा भवनमा जारी बन्दसत्रमा प्रचण्डले समानुपातिक र खुलातर्फका केन्द्रीय सदस्यहरुको नाम प्रस्ताव गरेका हुन् । विधानअनुसार समानुपातिकतर्फ १५४ र खुलातर्फ १४५ केन्द्रीय सदस्य चुनिनुपर्ने हो । तर प्रचण्डले समानुपातिकतर्फ १२५ र खुलातर्फ १११ केन्द्रीय सदस्यको नाम प्रस्ताव गरेका हुन् ।

प्रचण्डले २९९ सदस्यीय केन्द्रीय कमिटीमध्ये २२६ जनाको नामावली बन्दसत्रमा बाचन गरेसँगै त्यसलाई पारित गरिएको छ। माओवादीको पहिलो केन्द्रीय कमिटीको बैठक सोमबार बस्ने बताइएको छ। माओवादीको महाधिवेशन पुस ११ देखि प्रज्ञा भवन कमलादीमा बसेको थियो।

Advertisement