May 11, 2024, Saturday
२९ बैशाख २०८१, शनिबार

तपाईंहरुको हातमा देशको भविष्य र समृद्धिको यात्रा सुरक्षित देख्छु- अध्यक्ष ओली

चितवन- नेकपा एमालेको १० औं महाधिवेशन अन्तरगत जारी बन्द सत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रको भविष्य आफ्नो पार्टीका कार्यकर्ताको हातमा सुरक्षित रहेको बताएका छन् । ओलीले पार्टीका अगाडि नयाँ प्रकारका चुनौती थपिएको बताउँदै राजनीतिक पथभ्रष्टतालाई सही बाटोमा ल्याउने नेतृत्व चयन गर्न आग्रह गरेका छन् ।

Advertisement

शनिवार चितवनको सौराहामा जारी पार्टीको १० औँ महाधिवेशनको बन्द सत्रमा बोल्दै उनले महाधिवेशनबाट जनपरिचालनको काम र एमाले सकियो भन्नेहरूलाई एमालेको शक्ति देखाउनुपर्ने उद्देश्यमा पार्टी सफल भएको उल्लेख गरे ।

यस्तै ओलीले ‘मानिसको जिन्दगीको टुंगो हुँदैन । म त झन् धेरैपटक मरेर बाँचेको हुँ । धेरैपटक अपरेशन गरेको शरीर हो । त्यसैले कति बाँच्छु थाहा छैन । तर मलाई मिठो निद्रा लाग्छ, खाना रुच्छ, जब तपाइहरुलाई अगाडि देख्छु ।’ ओलीले भने, ‘तपाईंहरुको हातमा देशको भविष्य सुरक्षित देख्छु । आन्दोलनको भविष्य सुरक्षित देख्छु । समृद्धिको यात्रा सुरक्षित देख्छु, त्यसैले ढुक्क भएर सुत्न सक्छु ।’

यस्तै उनले आफ्नो कार्यकर्ताले साथ नदिएको भए पार्टीको आवस्था बेला हुने स्थितीमा पनि पुगेको उल्लेख छ । ‘म आफूलाई गौरवान्वित महसुस गर्छु कि अध्यक्षको रुपमा तपाईंहरुलाई लिड गर्ने मौका पाएको छु । तपाईंहरुले साथ नदिएको भए यो पार्टीको बेहाल हुने थियो,’ ओलीले भने ।

यस्तै उनले भने–‘राजनीतिक समस्याको समाधान नगरीकन यदि राजनीतिलाई बेथितिपूर्ण ढंगले चल्न दिइरहने हो भने हामीले गरेका उपलब्धिहरूलाई, हामीले गरेका प्रयासहरूलाई अवरुद्ध पारिँदो रहेछ भन्ने बुझ्नुपर्छ । विकासको सुशासनको पारदर्शीताको यस आन्दोलनलाई सही ढंगले अगाडि बढाउने हो भने हाम्रो महाधिवेशनले यी अभिभाराहरू बोकेर चुनौतीलाई पार गरेर राजनीतिक पथभ्रष्टतालाई सही बाटोमा ल्याउन सकोस् ।’ उनले अहिलेको अवस्थालाई ठिक ढंगले व्यवस्थापन गर्न सक्ने नेतृत्व चयन हुने विश्वास व्यक्त गरे ।