May 15, 2024, Wednesday
२ जेष्ठ २०८१, बुधबार

अत्यन्तै तल झरेर चरित्र हत्या गर्ने काम भयो, म आश्चर्यमा परिरहेको छु- प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलहरूले गालीगलौजको राजनीतिक गरिरहेको आरोप लगाउनुभएको छ । बालुवाटारमा आइतवार भएको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले स्वस्थ राजनीति गर्न छाडेर केही दल र नेताले चरित्रहीन आरोप लगाइरहेको जिकिर गर्नुभयो ।

नेपालजस्तो अत्यन्तै राम्रो संस्कार र सभ्यता भएको देशमा चरित्रहीन राजनीति भइरहेको ओलीको दाबी छ । ‘अत्यन्तै तल झरेर चरित्र हत्या गर्ने काम भयो, म आश्चर्यमा परिरहेको छु, गणतन्त्रमाथिका यस्ता अवाञ्छित क्रियाकलाप सुहाउने कुरा हुन ?’, ओलीले भन्नुभयो, ‘गालीगलौज, चरित्र हत्या, अपशब्दजस्ता चरित्रहीन कुरालाई संस्कार बनाउने प्रयास भयो ।

यो देशका निम्ति र गौरवपूर्ण सभ्यताका लागि नै चुनौती हो ।’ यस्तै प्रधानमन्त्री ओलीले देशमा कोरोना महामारी अत्यन्तै भयावह अवस्थामा रहेको बेलामा केही व्यक्तिको स्वार्थका लागि सरकार र देशलाई नै बन्धक बनाउने काम भइरहेको आरोप लगाउनुभयो ।

Advertisement