April 26, 2024, Friday
१४ बैशाख २०८१, शुक्रबार

‘नेकपा’काे नामसम्बन्धी विवादमा सर्वोच्च अदालतद्वारा ओली–प्रचण्डको विपक्षमा फैसला

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नामसम्बन्धी विवादबारे रिट निवेदक ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिएका छन् ।

Advertisement

न्यायाधीशहरू वमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले दुई वर्ष पुरानो मुद्दामा फैसला सुनाएको हो।

नेकपाका दुई समूहबीच आधिकारिकताको विवाद चलिरहँदा सर्वोच्च अदालतको फैसला आएको छ।

प्रधानमन्त्री केपी ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपा दर्ता गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध ऋषि कट्टेलले २०७५ २१ मङ्सिरमा रिट निवेदन दायर गरेका थिए । उक्त रिट निवेदन माथिको सुनुवाइ फागुन १३ गते सकिएको थियो ।

सर्वोच्च अदालतले २० फागुनमा नै त्यसबारे फैसला सुनाउने निर्णय गरेको थियो । तर पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनको शोकमा अदालत विदा भएपछि आइतबारका लागि फैसला सारिएको थियो ।