May 9, 2024, Thursday
२७ बैशाख २०८१, बिहीबार

नेकपाको विवाद अविलम्ब निरुपण गर्न निर्वाचन आयोगलाई प्रचण्ड-नेपाल पक्षको पत्र

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले पार्टीको अधिकारिकता विवाद अविलम्ब निरुपण गरिदिन निर्वाचन आयोगलाई पत्र पठाएको छ ।

अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डको पाँच पृष्ठ लामो पत्र लिएर राजेन्द्र पाण्डेलगायतका नेताहरु आयोग पुगेका थिए ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आइतबार आयोगको बैठक बस्ने र त्यही दिनबाट प्रक्रिया सुरु गर्ने आश्वासन दिएका छन् ।

Advertisement